कञ्चनको एकोहोरो कुरा सुनेर कति गाली गर्ने, पूर्वपति मोहन रेग्मीले खोले भित्री कुरा (भिडियोअन्तर्वार्ता)

Loading...

२४ सै घण्टा नया नया गीत सुन्नुहोस् र DOWNLOAD गर्नुहोस्



यस्तो रहेछ वास्तविकता : कञ्चन हैन मोहन पीडित, २०६८ सालमा डिभोर्स भएको थियो


काठमाडौं, ५ मंसिर — लामो समयसम्म सञ्चार कर्ममा रहेका पत्रकार सुमन खरेलले एउटा निजी टेलिभिजनमा सञ्चालन गर्ने एउटा कार्यक्रमबारेको विवाद अहिले सतहमा आएको छ । कार्यक्रमकी अतिथि कञ्चन शर्मा रेग्मीले आफ्ना दुई छोरा र पतिलाई अत्यन्तै नीच तरिकाले प्रस्तुत गराएकी थिइन् भने प्रस्तोता सुमन खरेलले पनि ‘हो’मा ‘हो’ ठोकेका थिए ।
kanchan-prakaran
शर्माका पूर्वपति बाजुराका मोहन रेग्मीले कञ्चनले खरेलसँग गरेका सम्पूर्ण कुराहरू गलत भएको बताएका छन् । आइतवार लोकान्तरको सम्पर्कमा आएका उनले एउटा एनजिओे चलाएर बसेकी दीक्षा चापागार्इंले शर्मामार्फत आफूलाई बेइज्जत गर्न खोजेको बताएका छन् ।
के भन्छन् मोहन ?
उक्त कार्यक्रम सार्वजनिक भएपछि म निकै पीडामा परेको छु । मेरो एउटा छोरो तीन दिनदेखि अर्धमूच्र्छित भएर बसेको छ । परीक्षाको तयारीमा जुटेको अर्को छोरा बैंगलोरमा फेसबूक डिएक्टिभेट गरेर बसेको छ । ऊ पहिलेपनि पारिवारिक तनावका कारण डिप्रेस्ड थियो ।
हाम्रो २०४७ सालमा विवाह भएको थियो । तर २०६८ सालमा जिल्ला अदालत बाजुराबाट डिभोर्स भइसकेको छ । उनी १९ वर्षकी हुँदा हाम्रो विवाह भएको थियो ।
मैले बीई दोस्रो वर्ष पुल्चोक इन्जिनियरिङ कलेजमा पढिरहेको थिएँ । अछामका घनश्याम शर्मा (मभन्दा एक ब्याजअघि बीई पढ्ने) साथीमार्फत मलाई उनीसँग विवाहको प्रस्ताव आयो । मैले तत्काल विवाह गर्ने मनसाय बनाएको थिइनँ ।
घनश्याम कञ्चनका भिनाजु हुन् । साह्रै नै कर गरेपछि मैले एकपटक केटी हेरौं भनेर कुरा गरें । पहिले एसएलसी पास गरेको भनेका थिए तर उनले एसएलसी पास गरेकी रहिनछन् बाजुराबाट पछि एसएलसी पास गरिन् ।

मैले ट्युसन पढाउँदै पढ्दै गरेको भएकोले तत्कालै विवाह गर्ने मुड बनाएको थिइनँ । तर हाम्रो विवाह भयो नै । मैले उनीसँग सम्पूर्ण पारिवारिक घटनाक्रमको बारेमा जानकारी गराएर विवाह गरेको थिएँ ।
पछि म बीई पास गरेर जागिरको सिलसिलामा बाजुरा गएँ । उनी काठमाडौंमै थिइन्, खाली नबस भनेर मैले पिके क्याम्पसमा पढ्न अनुरोध गरें । उनले पढ्दै थिइन् । अन्तर्वार्तामा भनेजस्तो नर्सिङ पढेर काम गरेको कुरा पूरै गलत हो ।
यसबीचमा उनी बेलाबेलामा रक्सी खाएर हिँड्छिन् भन्ने कुरा मसँग आइरहेको थियो तर मैले पत्याइनँ । तर उनले विवाहपछिका वर्षहरूमा एकपछि अर्को नकारात्मक व्यवहारहरू गर्दै गइन् ।
यसरी विस्तारै हामीबीच दूरी बढ्न थालेको हो । उनले काठमाडौंमै पढ्दै गर्दा म आफैंले उनलाई रक्सी सेवन गरेको देखें । उनले साथीभाइ जम्मा गर्ने, जाँड खाने लगायतका उच्छृङ्खल गतिविधि गरिरहेकी थिइन् ।
उनको गलत व्यवहारको बारेमा उनका दुई दिदीलाई पनि थाहा थियो । तर दिदीहरूले बहिनीकै पक्ष लिएर घर बिगार्न नै उद्यत रहे । दिदीहरूले त कमजोरी गरे नै, तर मुख्य पात्र नै कमजोर भएपछि त गाह्रो हुने नै भयो ।
उनी दुई बच्चा जन्मिएपछि पिके क्याम्पस भर्ना भएकी हुन् । म बाहिर भइरहने भएकोले आर्थिक जिम्मा उनको नै हुन्थ्यो । उनी काठमाडौंमा थिइन ।
तर उनले मैले कमाएर दिने सारा पैसा रक्सी, डान्सबार, गजल साँझहरू, साथीभाइसँगै खर्च गर्न थालिन् । बिस्तारै साथीभाइले उनलाई फलानो ठाउँमा देखेको, फलानो बारमा ढलेको, फलानो ठाउँमा यौनजन्य गतिविधिमा संलग्न रहेको लगायतका सूचनाहरू ल्याउन थाले ।
उनले जति सम्झाएपनि मान्दैनथिइन् । त्यसैले पैसा अड्कलेर दिन थालें तर काठमाडौंमा रासन खाने दुकानमा उधारो राखेर उनले त्यो पैसा पनि जाँडमै सकिन् । कतिपटक त दुकानवालाहरूले कोठाबाट भाँडाकुँडा पनि उठाएका छन् ।
यस्तै चलिरहेको थियो । बाबुहरूले खुब दुःख पाएका थिए । अनि ससुरालीबाट कान्छी सालीलाई काठमाडौंमै बस्न पठाउछौं भन्ने कुरा आयो । मैले गाह्रो हुँदाहुँदै पनि हुन्छ भनें ।
उनी आएर बसिन् । उनले बस्दै गर्दा दिदीको सम्पूर्ण व्यवहार थाहा पाइछन् । एकदिन उनले सबै कुरा आमालाई बताइन् । केही दिनमा आमा (सासु)ले मलाई फोन गर्नुभयो । के हो भनेर साध्नुभयो ? मलाई साह्रै लाज लागेकोले केही पनि भनिनँ ।
तर उहाँले आफूले सबै थाहा पाएको र आफूले सत्यतथ्य पत्ता लगाउनका लागि मात्रै आफूलाई फोन गरेको भन्नुभयो ।
त्यसपछि आमा आफैं काठमाडौै आउनुभयो । एक महिनासम्म बस्दा केही बोल्नुभएन । छोरीको बानीव्यवहार मात्रै नियाल्नुभयो । जब उहाँलाई सत्य थाहा भयो, छोरीलाई सम्झाउनुभयो । मसँग माफी माग्नुभयो । आमा जस्तो मान्छले मसँग आँसु बगाउँदा मलाई साह्रै दुःख लाग्यो ।
पछि आमा फर्किनुभयो ।
उहाँले छोरी नसुध्रिएको त देख्नुभएको नै थियो । एकदिन मलाई यसरी कसरी बस्नुहुन्छ ? अर्को दुलही विवाह गर्नुहुन्छ कि नाई भनेर मलाई भन्नुभयो । तर मैले विवाह गर्दिनँ भनें ।
उनी रक्सी खाने हप्तामा एक दुईदिन मात्रै घरमा आउने । साथीभाईसँगै दिनहरू बिताउने गरिरहेकी थिइन् । उनलाई घरमा लैजाने अवस्था नै थिए । तर पनि मैले धेरैपटक सुध्रने मौका दिएको थिएँ ।
अन्ततः केही सीप नलागेपछि मैले डिभोर्स गरौं, तिमी तिम्रो तरिकाले बाँच भने ।
तर उनले डिभोर्स गर्दिनँ भनिन् । म आफैंले बाजुरामा मुगेर मुद्दा दायर गरें । उनले काठमाडौंमै अधिकारकर्मीहरूको सहायता लिएर मविरुद्ध मुद्दा दायर गरिन् । उनको मुद्दा अदालतले खारेज गरिदियो । बाजुरा अदालतले हामीलाई डिभोर्स गराइदियो । यो २०६८ सालको कुरा हो ।
२०६८ सालपछि उनी रक्सी खाएर सडकमै सुतिन् होला । मैले उनलाई व्यवस्थापनको लागि उनको माइतीमा डिभोर्सपछि पनि छलफल गरें । तर उताबाट खासै चासो भएन । हामीलाई पैसा दिनुस् हामीले दिऊँला भन्दै थिए, तर मैले त्यो मानिनँ । मैले कञ्चनलाई नै आर्थिक सहयोग गर्ने निधो गरेको थिएँ । त्यो सम्भव नै भएन ।
डिभोर्स भएपछि मैले कन्यादान गरेरै विवाह गरें । उनले मेरो परिवार सम्हालेकी छन् । जेठो छोरा घर परिवारको कारण डिप्रेसनमा थियो । अहिलेकी श्रीमतीको कारणले नयाँ जीवन पायो । अहिले बैंगलोरमा इन्जिनियर पढिरहेको छ । कान्छोले पनि पढ्दैछ ।
मेरो जानकारी अनुसार उनी डिभोर्सपछि मैतीदेवीतिर बस्थिन् । एकजना दुलहीले छोडेको पुरुषसँग राम्रो उठबस थियो । उनीहरू दुवैजना रक्सी खाने खानेको भेट भएको हो ।
उनले अन्तर्वार्तामा भनेका सबै कुरा झुठा हुन् । उनलाई मैले नै पिकेमा भर्ना गरेको थिएँ । मसँग टक्सन गाडी छैन । अहिले मोटरसाइकल चढ्छु । जेठो छोरा पल्सर चढ्थ्यो । पल्सर बचेर अहिले कान्छाले अर्को सेकेन्ड ह्यान्ड बाइक चढ्छ । जेठो त बैंगलोरमा छ ।
दीक्षा चापागाईंले एनजिओ चलाउनुहुन्छ । उहाँले मलाई हाम्रो डिभोर्स भएपछि पनि फलो गर्नुभएको थियो । गत साउनमा मलाई फोन गरेर म तपार्इंलाई भेट्न आउँछु भन्नुभयो । म जाँचमा थिएँ । मैले तपार्इं को हुनुहुन्छ भनेर कुरा गर्दा उहाँले आफू जो भएपनि भेट्न चाहेको भन्नुभयो । मैले मेरो एकजना साथीलाई यो काम जिम्मा दिएँ । दीक्षाजीको बोलीचाली साह्रो रुखो थियो ।
अहिले एक्कासि सुमन खरेलमार्फत कञ्चनको मुखबाट आफ्ना कुरा सुनाएर मेरो बेइज्जत गर्नुभयो । यसमा मेरो केही दोष छैन । कञ्चनसँग जोडिएको म मात्रै हो । मेरा दुई छोरा, अहिलेकी पत्नी र अहिले जन्मिएको सानो छोराको केही दोष छैन ।
हो, कञ्चनले मेरा दुई छोरालाई जन्म दिएकी हुन्, तर आमा हुन सामाजिक आमा पनि बन्नुपर्छ । उनी जैविक आमा मात्र बनिन्, मैले साह्रै दुःख गरेर छोराहरू हुर्काएको हुँ ।
(मोहन रेग्मीले लोकान्तरसँग गरेको कुराकानीमा आधारित)
यसैबीच उक्त कार्यक्रमका प्रस्तोता खरेलले अर्को हप्ता मोहनको परिवारलाई कार्यक्रममा बोलाउने जानकारी सहितको टुइट गरेका छन् ।
Source lokantar
Share this video :

Post a Comment