रोजगारीका लागि युएई गएका नेपालीको मृत्यु

Loading...

हेर्नुहोस भिडियो



युएई, ७ मंसिर । रोजगारीका शिलशिलामा यूएईमा रहेका एक नेपाली कामदारको हृदयघात भइ निधन भएको छ ।

रोल्पा तालावाङ ४ घर भएका २७ बर्षीय बीरेन्द्र घर्तीमगरको हृदयाघात भइ शुक्रबार निधन भएको एउटै कम्पनीमा काम गर्ने डेनिल तामाङले जानकारी दिए । घर्ती सात महिनाअघि मात्रै यूएई पुगेका थिए ।

उनी साउदीको सीमा नजिकको बराक्कामा रहेको समजीन एलएलसी नामक कोरियन कम्पनीमा स्टोर हेल्परको रुपमा कार्यरत थिए ।

बिहीवार राती कम्पनीका कामदार बस्ने कोठामा खाना खाएर सुतेका बिरेन्द्र बिहान मृत भेटिएका थिए । उनको शव मदिनाजायद अस्पताल आबुधाबीमा राखिएको छ ।

खबरडबलीबाट साभार ।
Share this video :

Post a Comment