आजको राशिफल – वि.सं. २०७३ साल मंसिर ९ गते। बिहिबार। इश्वी सन् २०१६ नोभेम्बर २४ तारिख।

Loading...

हेर्नुहोस भिडियो

आजको राशिफल – वि.सं. २०७३ साल मंसिर ९ गते। बिहिबार। इश्वी सन् २०१६ नोभेम्बर २४ तारिख।
बि.स. २०७३ मंसिर ०९ गते । बिहिबार । ईश्वी सन् २०१६ नोभेम्बर २४ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । दक्षिणायनं । हेमन्त ऋतु । श्रीशाके १९३८ । मार्गशिर्ष कृष्ण पक्ष । तिथि दशमी ०७ बजेर ५९ मिनेट उप्रान्त एकादशी । नक्षत्र उत्तरफाल्गुनी १२ बजेर २४ मिनेट उप्रान्त हस्त । काठमाडौंमा सूर्योदय ०६ बजेर ३३ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०७ मिनेट जादा । दिनमान २६ घडी २५ पला । चन्द्ररासि कन्या ।

मेष (चू ,चे, चो, ला, लि, लू, ले, लो, अ) वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु पराजित हुनेछन् भने मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । नयाँ काम आउने तथा पुरानो काम फत्ते हुनेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । पढाई लेखाईमा थोरै मेहनेतबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ । मामा तथा मावलिसँगको भेटघाटले दिन रमाईलो रहेको छ । प्रेम प्रसङगमा रमाउने समय रहेको छ ।

बृष (ई,ऊ, ए,ओ, वा, वी, वू, वे, वा) चेतनामुलक तथा समाजिक काममा सहभागि हुने अवसर आएपनि तपाईको प्रस्तुति फितलो हुन सक्छ अलि बढि तयारि गर्नु होला । आफन्त तथा घर भित्रकै मानिसबाट असहयोग हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या बल्झनेछ भने ब्यापार ब्याबसायमा समय दिन नसक्दा आम्दानि घट्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ । आकस्मिक धन तथा सम्पति हानि हुन सक्छ सजक भई काम गर्नु पर्ने समय रहेको छ ।

मिथुन (का, की, कू ,घ, ङ, छ ,के,को, हा) आधुनिक कृषि, सहकारि तथा पशुपालन ब्याबसाय फस्टाएर जानेछ भने अरु ब्याबसायमा नाफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाईमा खासै मन नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

कर्कट (ही, हू ,हे, हो, डा, डी, डु, डे, डो) सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको तय हुनेछ । प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि समय बिताउन सकिनेछ । जिवन शैलिमा सुधार हुनुको साथै समय तपाईकै पक्षमा रहेको छ ।

सिहं (मा, मी, मू , मे, मो, टा, टी, टू , टे ) निर्णय क्षमताको अभावले कामहरु बिग्रन सक्छ अलि बढि अध्ययनमा जोड दिनुहोला । ब्यापार ब्याबसायमा नाफा कमाउन निकै नै समय दिनु पर्नेछ । बोल्ला ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ ।

कन्या (टो, पा, पी, पू , ष,ण, ठ, पे, पो) जोस जागर बढ्नेछ भने कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । अध्ययनमा ध्यान जानेछ भने तपाईको ब्याक्तित्व प्रति सबैको रुचि बढ्नेछ ।

तुला ( रा, री, रु, रे, रो, ता, ती, तू ,ते¬) बैदेशिक क्षेत्रसँग सम्बन्धित ब्यापार ब्याबसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि नै रहनेछ । लामो दुरिको यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ । अध्ययन तथा अध्यापनमा खासै रुचि हुनेछैन ।

बृश्चिक (तो, ना, नी, नू , ने, नो, या,यी, यू ) ब्यापार ब्याबसाय, कृषि तथा पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । सरकारि धन सम्पति तथा पैत्रिक धन हातलागि हुनेछ । आत्मिय मित्रहरु सँग भेटघाट हुने तथा लामो समय सँगै बसेर भलाकुसारि गर्ने अवसर प्रात्त हुनेछ । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् ।

धनु (ये, यो, भा, भी, भू , ध, फा, ढा, भे) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । कृषि तथा पशुपालन ब्याबसायबाट राम्रै आम्दानि हुनेछ । पारिवारिक जिवन सुधार भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्यामा तपाई अब्बल साबित हुनुहुनेछ । सत्रु परास्त हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी¬) धर्मका नाममा गलत ब्याक्तिहरुले तपाईलाई प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिद्यामा सफलता पाईनेछ भने स्वास्थ्यमा सुधार भएर जानेछ ।

कुम्भ (गू , गे , गो, सा, सी, सू , से, सो, दा) आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल गर्न निकै समय खर्चनु पर्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

मीन (दी दू थ झ ञ दे दो चा ची ) ब्यापार ब्याबसायबाट प्रशस्त आम्दानि हुनेछ । बिबाह बन्धनमा बाधिने गतिलो सम्भावना रहेको छ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफु अगाडि बढ्ने समय रहेको छ । पर्यटकिय तथा रमाईलो यात्राको तय हुनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ ।

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् मस्त रहनुहोस् धन्यबाद ।

ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्ष सेवा केन्द्र
लगनखेल, ललितपुर

Share this video :

Post a Comment