कतारले दिएको आममाफीको समय सकियो, १५ सय भन्दा धेरै नेपाली स्वदेश फर्किए

Loading...

हेर्नुहोस भिडियो

कतारले दिएको आममाफीको समय सकियो, १५ सय भन्दा धेरै नेपाली स्वदेश फर्किए
दोहा(जस)–कतार सरकारले कम्पनी छाडेर अवैधानिक रुपमा काम गर्दै आएका आप्रवासी कामदारका लागि दिएको आममाफी प्रक्रिया सकिएको छ । अवैधानिक कामदारलाई सेप्टेम्बर १ (भदौ १६)देखि डिसेम्बर १ (मंसिर १६)गतेसम्म आममाफी प्रक्रियामा सामेल हुने अवसर दिइएको थियो । कतारको आन्तरिक मन्त्रालयले प्रवेश, गमन आवासीय र स्पोन्सर सम्बन्धी कानुन उल्लंघन गरेर बस्ने आप्रवासी कामदारलाई आममाफी प्रक्रियाका लागि आव्हान गरेको थियो । आन्तरिक मन्त्रालयले आममाफी सुबिधा लिएर घर फिर्न चाहनेलाई कतारको साल्वा रोडमा रहेको खोज तथा अनुगमन विभाग सर्च एन्ड फलोअप डिपार्टमेन्ट, सिआइडीमा सोमबारदेखि बिहीबारसम्म दिउँसो २ बजे देखि ८ बजेसम्म सम्पर्क गर्न सूचना जारी गरेको थियो । गैरकानूनी हैसियतमा रहेका नेपालीलाई सहजीकरण गर्न कतारस्थित नेपाली दूतावासले छुट्टै डेस्क सञ्चालन गरेको थियो । १५ सय ४० नेपाली आममाफी प्रक्रियामा सहभागी भएर स्वदेश फर्किएको नेपाली दूतावासका प्रवक्ता नितेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार कतारको अनुगमन विभाग सर्च एन्ड फलोअप डिपार्टमेन्ट, सिआइडीमा सिधै सम्र्पक गरेर पनि थुप्रै नेपाली स्वदेश फर्केका छन् । कतारमा चार लाख ५० हजार नेपाली कामदार कानूनी हैसियतमा रहेर काम गरिरहेको अनुमान छ ।
Source janasawal
Share this video :

Post a Comment