परराष्ट्रमन्त्री महतले कतारमा सुरु गरे भेटवार्ता

Loading...

हेर्नुहोस भिडियो

पुस २७, २०७३- परराष्ट्र मन्त्री प्रकाशशरण महतले कतारमा औपचारिक भेटवार्ता सुरु गरेका छन् । स्थानीय समय बिहान ९ बजेदेखि महतले कतारका समकक्षी शेख मोहममद बिन अब्दुल रहमान विन जसिम अल–थानीसँग औपचारिक वार्ता गरिरहेका छन् ।

नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध, नेपाली कामदारको विषय, उद्योग, जलविद्युत तथा कृषि क्षेत्रमा कतारले गर्ने लगानीका विषयमा दुई मन्त्रीको वीचमा भेटबार्ता भइरहेको हो ।
उच्चस्तरीय भेटवार्ता गर्न महतको नेतृत्वमा परराष्ट्र सचिव शंकरदास बैरागी, श्रम मन्त्रालयका श्रमसम्बन्ध महाशाखाका प्रमुख गोविन्दमणि भूर्तेल र कतारका लागि नेपाली कार्यवाहक राजदूत मणिरत्न शर्मा लगायत छन् ।

नेपाल र कतारबीच दौत्य सम्बन्ध कायम भएको ४० औं बर्षगाँठको पूर्वसन्ध्यामा उच्चस्तरीय भेटवार्ता गर्न महत टोली मंगलबार साँझ कतार पुगेका थिए । समकक्षी अब्दुल रहमानसँग भेटवार्ता सकिएपछि महतले बिकास, प्रशासन, श्रम तथा सामाजिक मामिला मन्त्री इशाबिन साद अल–जफैल अल–नुएमीसँग कुटनीतिक भेट तथा छलफल गर्ने कार्यक्रम छ । श्रम मन्त्रीसँग नेपाली कामदारको सुरक्षा र हितको लागि १० बर्ष अघि गरिएको श्रम सम्झौतालाई संशोधन गर्ने बिषयमा छलफल गर्ने तयारी गरेको छ ।

त्यसपछि महतले कतारका अमिर शेख तमिम बिन अलथानीसँग कुटनीतिक भेट गर्ने कार्यक्रम छ ।

झन्डै चार लाख नेपाली कार्यरत कतारमा नेपालको उच्चस्तरीय संवाद नभइरहेको अबस्थामा यो भ्रमणले नेपाल र कतारबीच दुईपक्षीय सम्बन्धका आयामहरुलाई सृदृढ गर्न/गराउन निकै महत्व भूमिका निर्वाह गर्ने मानिएको छ ।

मन्त्री महतले नेपाली दूतावासको आयोजनामा कतार रहेका नेपाली समुदायसँग पनि भेट गरी नेपाली कामदारको अवस्था बुझ्ने कार्यक्रम छ ।

SOURCE http://kantipur.ekantipur.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment