कतारमा अलपत्र परेका कामदारको उद्दार सुरु, अभियान ३ दिन सम्म चल्ने

Loading...

हेर्नुहोस भिडियो

कतारमा अलपत्र परेका कामदारको उद्दार सुरु, अभियान ३ दिन सम्म चल्ने
काठमाडौं, पुस २४– कतारमा रोजगारी गर्ने आप्रवासी कामदारका समस्या समाधानका लागि तीनदिने उद्दार अभियान सुरु भएको छ । आइतबारदेखि सुरु भएको अभियान मंगलबारसम्म चल्ने छ ।

रास्ट्रिय मानव अधिकार समिती कतार र कतारको रेड कृष्यन्टले अभियान थालेका हुन् । बिशेष अभियान अन्तरगत कतारका विभिन्न क्षेत्रमा रहेका कम्पनीमा अलपत्र परेका, खाद्यान्न अभावको कारण समस्या भोगिरहेका कामदारलाई सहयोग गरिने छ ।

उनीहरुलाई खाद्यान्न तथा लत्ता कपडा वितरण गरिने कतारको मानव अधिकार समितिका नेपाली प्रतिनिधी प्राेफेसर डा. रमजान अलि मियाले जानकारी दिनुभयो । समस्यामा परेका नेपाली सहितका आप्रवासी कामदारले फोनबाट जानकारी गराउन सक्नेछन् र त्यसैको आधारमा उद्दार टोली पुग्ने छ । उहाँले समस्यामा परेका नेपालीलाई तत्काल फोनबाट जानकारी गराउन आग्रह गर्नुभएको उज्यालोमा समाचार छ ।

सहयोग चाहिएमा यी नम्बरमा फोन गरेर जानकारी गराउनुहाेस् ।
नेपाली सहयोग केन्द्र एनएचआरसी कतार-३३८८५३१२/३३२२७७७४
अब्दुल हफिज – ५५०७३३६२

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment