कतारमा खाना खाएर सुतेका एक रुकुमेलीको मृत्यु

Loading...

हेर्नुहोस भिडियो

रुकुम । रोजगारीको सिलसिलामा कतार गएका एक रुकुमेलीको मृत्यु भएको छ ।

जिल्लाको स्यालाखदी–६ पहाडाका २१ वर्षीय गोविन्द बुढाको मृत्यु भएको हो । शुक्रबार साँझ कामबाट आएर खाना खाएर सुतेको र आज बिहान मृत अवस्थामा फेला परेको पीडित परिवारले जानकारी दिएको छ ।


दुई वर्ष पहिले बुबाको मृत्यु भएपछि र आमाले अर्कैसँग विवाह गरेपछि आर्थिक चपेटामा परेका बुढा गत असारमा रोजगारीका लागि कतार गएका थिए । बुढाको शव नेपाल ल्याइदिनका लागि परिवारले सरकारसँग अनुरोध गरेको छ ।

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment