'"एकचोटी अबस्य हेर्नुहोला""कतार मा रोजगार गर्ने को लागि एकदम जान्नै पर्ने केहि उपयोगी जानकारी अनि सेयर गर्न नबिर्सनुहोला

Loading...

हेर्नुहोस भिडियो


कतार विश्वकै एक सम्पन्न राष्ट्र मध्यको एक हो । यसले आफ्नो शुभारम्भ देखि अहिले सम्म विकासका पाटोमा धेरै परिवर्तन देखाएर विश्वमा नमुना बन्न सफल भईसकेको छ । दक्षिण पट्टी साउदी अरेबिया संग सिमाना जोडिएको यो देशको अरु छिमेकी बहराइन र दुबई हो ।

बाँकी जानकारीहरु यस्ता छन् ।

१. करिब ३०० वर्ष देखि यो देशलाई “थानी” वंश द्धारा राज गर्दै आइरहेको छ ।

२. कतार बचाउन धेरै बहादुरीका साथ युद्ध लडेका “शेख जसिम बिन मोहम्मद अल थानी” लाई यो देशको संस्थापक मानिन्छ । उनकै पाला देखि अरब देशहरुमा व्यापारको ढोका खुल्ला गरिएको थियो ।

३. १८ डिसेम्बर यहाँको राष्ट्रिय दिन हो । यही दिन शेख जसिमले कतार एकिकरण गरेका थिए ।

४. कतारलाई सन् १७८३ देखि १८६८ सम्म बहराइन र साउदीले शासन गरेको थियो त्यस्तै १८७१ देखि इराक र १९१६ देखि १९७१ सम्म ब्रिटिसले शासन गरेको थियो । सन् १९७१ सेप्टेम्बर ३ तारिख कतारले स्वतन्त्रता पाएको थियो ।

५. कतारमा तेलको खानी (दुखान फिल्ड) सन् १९३९ मा पत्ता लागेको थियो । दुखान फिल्ड करिब ८० किलोमिटरमा फैलिएको छ । सन् १९४९ देखि यँहा बाट पेट्रोलियम पदार्थको निर्यात गर्न थालिएको थियो ।सन् २०१२ को तथ्याङ्ग अनुशार कतारले विश्वको तेल व्यापारमा जम्मा १३ प्रतिशत भाग ओगट्छ ।

६. सुन्नी इस्लाम यहाँको आधिकारिक धर्म र अरबिक यहाँ बोलिने प्रमुख भाषा हो ।

७. अरब राष्ट्रहरुमा एसियन प्रतियोगिता आयोजना गर्ने कतार पहिलो राष्ट्र हो । यहाँ सन् २००५ को एसियन प्रतियोगिता सम्पन्न भएको थियो ।

८. देस्रो शताब्दिमा कतारलाई “कतारा” भनेर चिनिन्थ्यो ।

९. कतारको भुभाग जम्मा १६० किलोमिटर रहेको छ । यसलाई जम्मा ७ नगरपालिकामा (मदिनात अस समाल,अल खोर,उम सलाल,अल दायन,अल रायन,दोहा,अल वाक्रा) र ९८ क्षेत्र अञ्चलमा भाग गरिएको छ । यहाँको सबैभन्दा उच्च भुभाग कुरेन अबु अल बल हो यो जम्मा १०३ मिटर अग्लो रहेको छ । यहाँ जम्मा १४२ प्रजातीका बिरुवाहरु भेटिएका छन् ।

१०. अल जजिरा कतारको आधिकारिक मेडिया हो । यसले सन् १९९६ देखि प्रशारण थालेको थियो । यहाँ जम्मा ७ पत्रिका (४ अरबिक र ३ अंग्रेजी) प्रकाशित हुन्छ । इंडिया,स्रिलंका,नेपाली पत्रिका पनि यहाँ प्रकाशित हुन्छन् ।

११. कतारमा ११ हजार ८०० आर्मी तैनाथ रहेको छ । जसमा ८,५०० आर्मी, १,८०० नाभी र १५०० जना एयरफोर्स रहेका छन् ।

१२.कतारको झण्डामा ९ सेतो चुच्चाहरु छन् जसले कतार इमिरेट्स मा मिलेको ९ औ राष्ट्र भन्ने बुझाउँछ । सेतो रङ्ग शान्ति र रातो रङ्ग योद्धाहरुको रगतको प्रतिक हो ।
Source QnRadio.com
Share this video :

Post a Comment