पोष्टपेड प्रयोगकर्ताले कतारबाट फोन गर्दा सस्तो पर्ने

Loading...

हेर्नुहोस भिडियो


नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौता अनुसार अब नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने छन्।

गत मंसिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका तर्फबाट एक्टिङ सिईओ ओजिएर खालिद अर मन्सौरीले हस्ताक्षर गरेका थिए।

आगामी जनवरीदेखि नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ। यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडुबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो। हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो।

सो सम्झौताका अवसरमा नेपाल टेलिकमका सञ्चालक सदस्य राजीव गौतम, कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र उपप्रबन्धक तथा सहप्रबक्ता शोभन अधिकारी एवं ओरिडु का बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।
SOURCE http://kinmel.setopati.com/
Share this video :

Post a Comment