“यमबुद्ध” ले आत्महत्या गर्नु अघि साथीसँग फेसबुक च्याटमा यस्तो भनेका थिए (च्याटसहित)

Loading...

हेर्नुहोस भिडियो




काठमाडौँ, २ माघ –  चर्चित -याप गायक अनिल अधिकारी “यमबुद्ध” ले आत्महत्या गर्नु केहि दिन अघि आफ्नो साथीसंग गरेको फेसबुक च्याट बाहिरिएको छ । अधिकारीले सन् २०१७ को अन्त्य आफ्नो लागि  निकै नै सुखद् हुने कुरा साथीसंग सामाजिक संजाल फेसबुकमा च्याट मार्फत जनाएका छन् ।

उनले उक्त फेसबुक च्याटमा भनेका छन् – ‘धेरै मान्छेहरु यो कुराले पश्चाताप गर्ने छन्, किनकी मैले  विश्वका चर्चित ठूला -याप गायकहरु- ‘स्नूप डग’, रेड म्यान र अन्य -याप स्टारसंग काम गर्दैछु।’ उनको यस भनाईले उनि कुनै ठुलो मानसिक तनावमा रहेको जस्तो पनि देखिन्छ । या उनले आफ्नो सफलाको डाह गर्ने वा उनलाई कुनै हिसाबले मानसिक तनाव दिने मानिसहरुलाई इंकित गरेर ‘धेरै मान्छेहरु यो कुराले पश्चाताप गर्ने छन्’ भनेको हुनु पर्छ  ।
उनले पुन: तल लेखेका छन् – ‘मलाई त्यस्ता मानिस आवश्यक सम्म नि पर्दैनन् त्यसकारण म धेरै खुसि छु, कमसेकम मेरा निकट साथी त खुसि नै हुनेछन् ।’
हेर्नुहोस् उनले साथीसँग गरेको फेसबुक च्याट:                                                        
युवा गायक अधिकारीले उत्तर लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरेको परिवारका सदस्यले पुष्टि गरेका छन् । अधिकारी २९ वर्षका थिए । उनको शव शौचालयमा भेटिएको बीबीसीले जनाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् ।
उनि पछिल्लो समय सपरिवार लण्डनमा बस्दै आएका थिए, धरानमा जन्मिएका उनि यमोबुद्ध नामले नेपाली हिप- हप संगीतमा निकै नै चर्चित रहेका थिए । उनका एकादेश र पागलपन निक्कै चर्चित -याप गित हुन
Source : Bigulnews
Share this video :

Post a Comment