र्‍यापर गिरिषले रुँदै यमबुद्धले आत्महत्या गर्नुका कारण यस्तो हुनसक्ने बताए (भिडियोसहित)

Loading...

हेर्नुहोस भिडियो

काठमाडौं – र्‍यापर गिरिष खतिवडाले यमबुद्धले आत्महत्या गर्नै नसक्ने बताउँदै उनको मृत्युको कारण रसायन वा मादक पदार्थको प्रभाव हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

र्‍यापको दुनियाँमा यमबुद्धको नामले चर्चित अनिल अधिकारीको मृत्युको खबर सार्वजनिक भएपछि गिरिषले युट्युबमा एउटा भिडियो पोष्ट गर्दै आत्महत्याको कारण कुनै रसायन वा मादक पदार्थको कारण हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

आइतबार उनले रुँदै भने ‘यमबुद्धले आफ्नो ज्यान लिनै सक्दैन, यदि आत्महत्या हो भने उनी यमबुद्ध होइनन् ।’

‘‘म फुट्छु तर झुक्दिनँ’ भनेर गाउने मान्छे हुन् यमबुद्ध । उनले ‘दाइ, वर्ल्ड टुर हान्नु पर्छ–वर्षको ३६५ दिनमा कम्तीमा पनि ३ सय वटा शहरमा । यसो गर्न पाए, एक लाखको हिसाबले पनि एक वर्षमा ३ करोड ल्याउन सक्छौं दाइ’, उनी त्यस्तो व्यवसायीक दिमाग भएका मानिस हुन् । निकै प्रेरित मानिस हुन् । सधैं अघि बढ्नुपर्छ भन्ने मानिस हुन् उनी । त्यसैले मलाई विश्वास नै लागिरहेको छैन,’ उनले भने ।

यमबुद्ध मरेपछि मलाई आफू नै मरेको जस्तो लागिरहेको उनले बताएका छन् । आफू र्यापको क्षेत्रमा नै भएकाले उनलाई यस्तो लागिरहेको उनले बताए । उनले भने, ‘हाम्रो कुरा कसैले बुझ्दैन, मिडियाले बुझ्दैन ।’

भिडियोमा उनी मिडियासँग पनि असन्तुष्ट भएको देखिन्छन् । उनी भन्छन्, ‘मिडियाले विवादास्पद मानिसलाई, शक्तिमा भएका मानिस, चिनेको मानिसलाई चर्चामा ल्याउँछ ।’ मिडियालाई ‘अल्छी’ को संज्ञा दिएका उनले थपे, ‘ मिडियाले पैसा खुवाउने मान्छेलाई अगाडि ल्याउँछन् । वास्तविक क्षमताको कदर हुँदैन । हामी सबै यसको चपेटामा छौं तर यमबुद्धले आत्महत्या गर्नुपर्ने थिएनँ किनभने उनलाई हामी सबैले माया गरेका थियौं ।’

उनी भन्छन्, ‘हामीले उनको गीत सुनेका थियौं । हामीले लाइनहरु याद गरेका हौं । फेसबुक पेजमा लाइक गरेका हौं, फलो गरेका हौं । हामीले उनलाई पछ्याएका हौं । हामीले निकै स्नेह पूर्वक उनलाई मुटुमा राखेका हौं । हामी जहिले पनि तिम्रो प्रशंसक भएका हौं । ’

‘मिडियाले तिमीलाई विश्वास गरेन होला तर हामीले त माया गरेका थियौं । तिमीलाई विश्वास गरेका थियौं । हामीले तिम्रो गीत गायौं र तिमीले के गर्यौ यस्तो,ࢋ’ उनले भने ।

निकै भावुक भएका उनले ‘रेष्ट इन पिस यमबुद्ध’ भनी आफ्नो भिडियो टुङ्ग्याएका छन् ।

From ratopati
Share this video :

Post a Comment