यस्तो देखियो यमबुद्धको पोस्टमार्टम रिपोर्ट, तपाई अचम्म पर्नुहुनेछ

Loading...

हेर्नुहोस भिडियो


लण्डन,माघ ४ । शनिबार नर्थहोल्टस्थित आफू बस्दै आएको घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका भनिएका लोकप्रिय र्‍याप गायक यमबुद्ध (अनिल अधिकारी) को सोमबार पोस्टमार्टम गरिएको छ।

परिवार निकट स्रोतले जनाए अनुसार पोस्टमार्टम रिपोर्टमा धेरैले शंका गरे जस्तो लागूऔषधजन्य पदार्थ भेटिएको छैन। योसँगै अनेकले अनेक थरिका अनुमानहरु खेर गएका छन् ।
यमबुद्धको शव पोस्टमार्टमको लागि राखिएको हार्रोमा रहेको नर्थविक पार्क अस्पताल

उनलाई ड्रग्स ओभरडोज मृत्युको कारण हुनसक्ने अनुमान गरेका थिए । । तर आज सोमबार गरिएको पोस्टमार्टमको रिपोर्टले त्यस्ता अनुमानलाई फेल खुवाएको छ। यमबुद्धसँग नजिक रहेका लन्डनस्थित स्रोतले जनाए अनुसार लन्डनमा रहँदा उनले ड्रग्स लिने गरेको कसैलाई पनि थाहा छैन।

पोस्टमार्टममा अल्कोहल भने भेटिएको छ। स्रोतका अनुसार राति कामबाट फर्किएपछि उनले श्रीमतीसित बसी वाइन खाएका थिए। त्यसैगरी रिपोर्टमा बंगारा भाँच्चिएको पनि देखिएको छ।
सुखमय जिन्दगी बिताएका यमबुद्धको पारिवारीक जिन्दगीका ७ तस्वीर,किन हारे आफ्नै जीवनसँग ?

प्रहरीले उनी बसेको ठाउँबाट पासपोर्ट च्यातिएका टुक्राहरु पनि भेट्टाएको छ। उनले किन त्यसरी पासपोर्ट च्याते भन्नेबारे केही पनि थाहा हुन सकेको छैन।
यमबुद्धको शव पोस्टमार्टमको लागि राखिएको हार्रोमा रहेको नर्थविक पार्क अस्पताल

यमबुद्धको पोस्टमार्टम सकिएपछि उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि नेपाल ल्याउने कि नल्याउने निर्णय परिवारले गर्दैछ। उनी आफ्नी श्रीमतीका साथ लन्डनमा बसिरहेका थिए। उनका पिता काठमाडौँमा छन् भने दिदी र आमा अस्ट्रेलियामा छन्।
याप गायकपारिवारिक स्रोत भन्छ लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिप ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । घर आएर खाना खाइ करिब १२ बजे श्रीमति अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए ।

बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए ।

राति साढे तीन बजे वाथरुम छिरेको थाहा थियो भने त्यत्रो समय सम्म किन उनकि श्रीमतीले किन आफ्नो बुढालाई खोज्न जरुरी ठानिनन् ? वा बाथरुम छिरेको थाहा पाउने व्यक्तिले अन्यलाई जानकारी गराउन सकेनन् ?

ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको सोढाईसँग उनी बिहेपछि सन् २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । विहे पश्चात उनका युगल फोटोहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा धेरै नै पोष्ट हुन्थे । तिनै युगल तस्विरहरुले पनि उनको दाम्पत्य जीवन रमाइलोसँग बितिरहेको इंगित गर्दथ्यो ।
From http://www.recentnepal.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment