कुवेतमा एक नेपालीको उपचारको क्रममा निधन

Loading...

हेर्नुहोस भिडियो

कुवेत- कुवेतमा एक नेपालीको उपचारको क्रममा निधन भएको समाचार प्राप्त भएको छ।

प्राप्त जानकारी अनुसार धनुषा जिल्ला, गोपालपुर – ४ का पासपोर्ट नं. ०९३८८७६१ भएका बिसुन यादवको हिजो बिहान आदान हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

बिगत ६ बर्षदेखि कुवेतको नेशनल खराफी कम्पनीमा कार्यरत ३१ बर्षिय यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन् | उनि गत जनवरी ९ तारिखमा हस्पिटल भर्ना भएका थिए ।

मृतक यादव कार्यरत कम्पनि सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पुरा गरि छिटोभन्दा छिटो शव नेपाल फर्काउन पहल गरिने दुताबास कुवेतका कुटनैतिक सहचारी मनोज सिंहले जानकारी दिएका छन् ।- रातोपाटीबाट
Share this video :

Post a Comment