देशभर एमाले नेता कार्यकर्तासंग ‘बदला’ लिन वाइसीएल परिचालन गर्ने माओवादी तयारी

Loading...

हेर्नुहोस भिडियो

१,माघ,​काठमाडौं । एमाले नेता कार्यकर्ताले माओवादीलाई निषेध गर्न थालेपछि नेकपा माओवादी केन्द्रले आफ्नो युवा संगठन वाइसीएल परिचालन गर्ने तयारी गरेको छ । उर्जामन्त्री जनार्दन शर्मामाथी एमाले कार्यकर्ताले अर्घाखाँचीमा ढुङ्गामुडा गरेपछि माओवादीले देशव्यापी रुपमा एमालेसंग बदला लिने रणनीति बनाएको हो । एकजना माओवादी नेताका अनुसार माओवादीले एमालेले प्रहार गरेको इटको जवाफ पथ्थरले दिने तयारी गरेको छ । पाँच नम्बर प्रदेशका बारेमा उर्जामन्त्रीले सरकारको धारणा राख्दा अर्घाखाँचीमा उर्जामन्त्री जनार्दन शर्मासहित आफ्ना नेतामाथि आक्रमण भएपछि सत्तारुढ माओवादी केन्द्र आक्रोशित भएको छ ।

माओवादीले स्थानीय चुनावलाई समेत लक्षित गरेर वाइसीयल व्युताउने तयारी गरेको हो । स्थानीय चुनावमा एमालेसंगै टक्कर पर्ने माओवादी बुझाई छ । तर एमालेले पनि तल्लो तहबाटै माओवादीसंग प्रतिवाद गर्ने तयारी गरेको बताइन्छ । घटनापछि पार्टीका भातृ संगठन र कार्यकर्ताहरुले आक्रोश पाख्दै ‘बदला’ लिने चेतावनी दिएका छन् ।

विहिबार अर्घाखाँची सदरमुकाम सन्धीखर्कमा आयोजित महोत्सव उद्घाटन गर्न पुगेका उर्जामन्त्री जनार्दन शर्माले पाँच नम्बर प्रदेशबाट अलग भएपछि प्रदेश राजधानी पोखरा बन्ने र अर्घाखाँचीबासीलाई पोखरा जान सुरुङमार्ग बनाइदिने अभिव्यक्ति दिएपछि आक्रोशित स्थानीयबासीले मञ्चमा ढुङ्गामुढा भएपछि गरेका थिए । स्थानीयबासीको घेरामा परेका शर्मालाई पूरा मन्तव्य पनि दिन नपाउँदै कार्यक्रम स्थलबाट निकाल्न सुरक्षाकर्मी खटाइएको थियो ।

सुरक्षाकर्मीले जोगाएपछि माफी माग्दै त्यहाँबाट टाप कसेका थिए । महोत्सवमा नेकपा माओवादी केन्द्रका नेता डिलारामा आचार्यले देश टुक्रिन भएन, ५ नम्बर टुक्रेमा केही हुदैन भनेपछि युवाहरुले ढुगांमुढा गरेका थिए । यो घटनापछि माओवादीको भातृ संगठन वाईसिएल नेपालले घटनामा संलग्नलाई नछाड्ने चेतावनी दिएको हो । वाईसिएल नेपालका महासचिव रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत घटनाको ‘बदला’ लिएरै छाड्ने चेतावनी समेत दिइसेका छन् । वाइसीएलले यस्तो चेतावनी दिएपछि देशभर एमाले र माओवादीबिच झडप हुनसक्ने सम्भावना बढेको छ । – न्युजसेवा डटकम बाट
Share this video :

Post a Comment