कतारमा पनि लुट २ प्रर्दशन हुने

Loading...

हेर्नुहोस भिडियो

यो वर्षको बहुप्रतिक्षित नेपाली चलचित्र लुट २ कतारमा पनि प्रर्दशन हुने भएको छ । हाइलाइट्स नेपाल तथा कतार नेपाल खबरको समन्वयमा अगामी फ्रेबुवरी महिनाको अन्तीममा चलचित्र प्रर्दशन हुने भएको हो । आयोजक को अनुसार कतारमा लुट २ ल्याउने तयारी ८० प्रतिशत भईसकेको र बाँकी कानुनी प्रक्रियाको काम भइरहेको छ ।

चलचित्र ग्रान्ड मल नजिकको एसियन टाउनको हलमा प्रर्दशन हुनेछ । लुट २ २०१२ को सर्वोकृष्ट चलचित्रको सिक्वेल हो । चार वर्ष पछि आएको लुट २ लाई निश्चल बस्नेतले निर्देशन गरेका हुन भने यसको निर्माता माधब वाग्ले र नरेन्द्र महर्जन रहेका छन् । यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा, ऋचा शर्मा, बिपिन कार्की लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
source http://qnradio.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment