कतारमा रहेका नेपाली कामदारलाई ‘कुलिङ ह्याट’ उपलब्ध गराइने

Loading...

हेर्नुहोस भिडियो

कतार मरुभूमिको चर्को घाममा फुटबल स्टेडियममा काम गरिरहेका नेपाली लगायत आप्रवासी कामदारहरुले शरिरमा तापक्रम घटाउन सहयोग पुर्याउने कूलिंग हार्ड ह्याट पाउने भएका छन्। उच्च तापक्रमबाट बच्न उक्त ह्याट उपयोगी हुने आयोजकले बताएका छन्।
कतार यूनिर्भसिटीका बैज्ञानिकहरुले बनाएको उक्त हेलमेट सौर्य शक्तीबाट संचालित हुन्छ। विश्व कप फूटबल २०२२ का लागि काम गर्ने कामदारहरुको स्थिति सुधार हुनुपर्ने आवाज अधिकारकर्मिहरुले उठाई रहेको बेला कतारले यस्तोे योजना अगाडी ल्याएको हो।
नेपाल, भारत र बंग्लादेशका करिब ५ हजार १ सय कामदारहरु स्टेडियम निर्माणमा संलग्न छन्। कतारमा गर्मि महिनामा तापक्रम ५० डिग्री सम्म पुग्ने गर्छ्। कतार सरकारले गर्मी महिनामा धेरै घण्टा काम गर्न प्रतिबन्ध लगाए पनि कामदारहरुले गर्मिका कारण थकित भएको र शरीरमा पानी मात्रा कम हुने बताएका छन।
कतार यूनिर्भसिटीका ईन्जिनियरिङ्ग प्राध्यापक साउद घानी भन्छन ‘यो हेलमेटको टपमा रहेको फ्यानले हावा दिई कोल्ड प्याग मार्फत मान्छेको छालामा १० डिग्री सेन्डीग्रेट सम्म तापक्रम घटाउने छ।
Source http://global.setopati.com/
Share this video :

Post a Comment