स्व. चर्चित र्‍याप गायक ‘यमबुद्ध’ को मार्मिक जीवनी, जुन पढेर हरकोहीको आँखा रसाउँछ

Loading...

हेर्नुहोस भिडियो


“कमाएको पैसा सेवामा खर्च गर्ने र्यापर यमबुद्ध नाम यसरी जुरेको थियो”

काठमाडौं – मोरङका अनिल अधिकारी न्वारनमा पंडितले राखिदिएको नामले भन्दा काम सँगै आफैले जुराएको नामबाट संसार प्रसिद्ध छन् । संसारै भरका नेपाल भाषी युवा तथा किशोर किशारी माझ उनी यमबुद्ध को नामबाट चिर परिचित छन् ।
चैत २७ गते प्रकाशित कान्तिपुर सप्ताहिकका अनुसार बाहिरि दुनियाँमा यमबुद्ध त्यति लोकप्रिय वा चर्चित छैनन् । सामाजिक सञ्जालमा भने उनी नेपालका तेस्रा लोकप्रिय ब्यक्ति साबित भएका छन् ।  ¥याप गित गाउने यमबुद्घ युट्यूबमा अपलोड गरिएका कारण युवा पुस्ताको प्रिय भएका हुन् । उनलाई फेशबुकमा मन पराउने व्यक्तिहरुको संख्या करिब ८ लाख पुगेको छ । उनै यमबुद्ध अर्थात् अनिल अधिकारीे आफ्ना बारेमा भन्छन् ।
यमबुद्ध नाम यसरी जुर्यो ।
म विदेशमा भएको बेलामा यही क्षेत्रका साथी भाईहरूसँगको वसाईका क्रममा दोहोरी चल्यो । आजकल facebook मा प्रोफाइल बनाए जस्तो त्यहाँ पनि तिनीहरूको प्रोफाइलमा  बुद्धको नाम देखें त्यहाँ पनि बुद्धलाई चिन्दा रहेछन् । यो कुराले मलाई छोयो म बुद्धको देशमा जन्मेको मान्छे हरेक मानिसमा हिंसात्मक र अहिंसात्मक अर्थात् (राक्षस र देवता)को दुवै गुण हुने बुद्ध देवता अर्थात शान्तिको प्रतिक भए राक्षसी रुपलाई यम भनेर सम्बोधन गर्ने भएकोले दुवै स्वरुप मिलाउँदा यम बुद्ध भई यो नाम जुर्न पुगेको हो ।
चित्त नबुझेको कुरा ।
आफुले गाएको गीत बजाएर अरुले कमाई गर्ने आफु चै जहाँको त्यहीँ भइने । त्यसैले कलाकारले पनि गरी खाने बाटो बनाई दिनु प¥यो । गीत चर्चित हुने नाम चल्ने तर खल्ती जहिले पनि खाली । तपाईहरुले पनि देखि रहनु भएको छ नि । निर्माताहरू गाडी चढेर हिँड्छन् कलाकार जहिले पनि पैदलका पैदल । खोई त बाँच्ने आधार । यै सिलसिलामा म तपाईंलाई एउटा कुरा भनुँ नेपालका एक जना नाम चलेको कलाकार हुनुहुन्छ वहाँँको यो क्षेत्रको क्यारियर र मेरो उमेर बराबरी हो । सुन्छु वहाँको यो अवस्था शुरुमा जस्तो थियो अहिलेसम्म पनि त्यस्तै छ । नाम चाहीं किटान नगरौं । यस्तो अवस्था हुनु भएन । मेरो यो अडान हो यसले कसैलाई फाईदा या बेफाईदा के गर्छ सरोकार राख्दिन । एक्लो वृहस्पति झुठा हुन्छ भन्छन् म आफ्नो अडान छाड्दिन । राम्रो सोचे राम्रै नराम्रो सोचे नराम्रै हुन्छ । यस्तो कहिले सम्म ।
त्यसका लागि के गर्नु पर्ला ?
कलाकारको काम साधनामा डुब्ने र सिर्जना गर्ने मात्र हुनु पर्छ । सरकारले राम्रो सिर्जनाको प्रचारप्रसार र त्यसबाट प्राप्त आम्दानीको केही भाग प्रचार गर्नेलाई, सिर्जना गर्नेलाई र स्वयं आपूmलाई समेत छुट्याउनु पर्छ । कलाकारले सिर्जना तिर लाग्ने कि चाकरी तिर लाग्ने । श्रोताका लागि गाउने आपूm चाहीं साधना गर्ने नै हो । सरकारले के गर्ला भन्ने तिर लाग्ने होइन त्यता फर्कने हो भने राजनीति घुस्छ र झन विग्रन्छ । म त भन्छु कलाकारलाई सक्षम बनाउने, बनाउन सहयोग गर्ने, तिनको सिर्जनालाई प्रचार प्रसार गरेर, निश्चिन्त भएर बाँच्ने आधार तयार गरिदिनुप¥यो । कलाकारले यही कुरा बुझ्नु प¥यो । यही नबुझेर चाकरी तिर लाग्छन् अनि केहीले फाईदा उठाइरहने केही कलाकारले दुःख पाई राखेको हो । यही बुझ्न जरूरी छ ।
मेरा सिर्जना छाडा छैनन् ।
६०–७० जति गाएँ होला । म जुनसुकै अवस्थामा पनि गीत सिर्जना गर्छु । विषय रोजेर, अब गीत लेख्छु भनेर हुँदैन । म गीत सिर्जना गर्दा छाडा शब्दहरू प्रयोग गर्दिन । एकदमै जनजिब्रोमा भुण्डिएका शब्दहरू नै प्रयोग गर्ने कोशिश गर्छु । मैले मेरा गीतले कस्तो प्रभाव पारेको छ भनेर पछि फर्केर हेर्ने बुझ्ने गरेको पनि छैन । र आजसम्म कसैले मैले गाएको गीतलाई छि कस्तो गीत गाएको भनेको सुनेको पनि छैन ।
कलाकारको जिन्दगी त साह्रै रमाईलो हुन्छ भन्ने पनि छैन ।
सामान्यतः सबै मान्छेको सोचाई यस्तै हुने रहेछ । दशै, तिहार, नयाँ बर्ष जस्ता चाडबाडमा बाहिर भएपनि घरमा आएर सबै परिवारसँगै बस्ने रमाईलो गर्ने हुन्छ । तर हामी कलाकारको जीवनमा त्यस्तो नहुने रहेछ । झन् त्यही बेलामा मनोरन्जनात्मक कार्यक्रम राखि दिने भएकोले त्यसरी बस्न पाउने अबसरबाट बञ्चित भइने रहेछ । त्यतिबेला बेकार यो क्षेत्रमा लागिएछ जस्तो लाग्छ  ।
जीवनमा यस्तो घटना घटेको छ जुन घटनालाई सम्झँदा दुःख लाग्छ । एक पटक विर्तामोडमा NCELL ले एउटा कार्यक्रमको तय भएकोे थियो  । म पनि सहभागी हुन गएको थिएँ करीब १२ बजेको थियो होला  । त्यै बेला घरबाट हजुरआमा वितेको खबर आयो म घर फर्कें र अन्त्येष्टि कार्य सकियो त्यसपछि बुवाले जाउ यता काम सकि हाल्यो तिमीलाई पर्खेका होलान म सम्हाली हाल्छु भन्नु भयो मेरो मुड थिएन  । त्यै पनि गएँ त्यही बेलामा आमाकै बारेको गीत गाउनु पर्ने गीत आधा नहुँदै स्टेजमै रोएँ समालिनै सकिन कारण आमाले मलाई जन्म दिनु भयो । पालन पोषण हजुरआमाले गर्नु भयो र वहालार्ई म आमा भन्थे । अब भन्नोस् कसरी रमाइलो मान्ने कलाकारको जिन्दगीलाई ।
राम्रो कुरा नराम्रो कुरा 
कलाकार भएको नाताले  सबैले चिन्दछन् यो सबल पक्ष हो । चाकरी नगरे सम्म कसैको नजीक हुन सकिँदैन । सिर्जना ग¥यो । चाकरी नपुग्दा खुम्चिएर बस्नु पर्ने हुन्छ । नामको साथ साथै दाम हुँदैन बाँच्नलाई सँधै धौ धौ यो दुर्बल पक्ष ।
मेरा गीतहरू बाबालाई कहिल्यै मन परेनन् ।
हो मैले आमाको बारेमा, दिदीको बारेमा, नेता र राजनीतिका बारेमा, बेचीएका चेलीबेटीका बारेमा गीत बनाएँ तर  बाबाको विषयमा गीत बनाइन कारण मैले कहिल्यै सत्य लुकाउन पनि सकिन र लुकाउन पनि खोजीन त्यसो हुँदा व्यक्तिगत आक्षेपका कुरा आउन सक्ने देखेकोले बाबाको विषयमा कहिल्यै गीत बनाउन चाहिन । मेरा गीतहरू बाबालाई कहिल्यै मन परेनन् ।
कमाएको पैसा सेवामा
यो क्षेत्रमा प्रवेश गरेकै १०–१२ वर्ष जति भयो त्यस भन्दा पहिलेनै मैले मार्केटिङको काम गर्थें । , कहिले काहीं Stage programme हरू भइरहन्थ्यो अलि अलि पैसा जम्मा भई रहेको थियो । त्यही क्रममा सामाजिक संस्था खोल्ने विचार उब्ज्यो अनि खोलेको हुँ । मैले कलाकारिता क्षेत्रमा लागेकाहरुको हकहितमा केहि गर्न सकिन्छ कि भनेर पनि यहाँ एउटा कम्पनी खोलेर बसेको छु । कामको सिलसिलामा बाहिर जाँदा बाहेक म सँस्थाकै काममा व्यस्त हुन्छु । संस्थाको आय र Stage programme बाट संकलन भएको रकम असहाय बाल बालिकाको सहयोगमा खर्च गर्छु । विराटनगरमा हजुरआमाको नाममा त्यस्तै एउटा सहयोगी संस्था खोल्न लागि रहेको छु ।
Source:bigulnews
Share this video :

Post a Comment