कतारसँग नयाँ श्रम सम्झौता हुँदै कामदारको अधिकार र सुरक्षामा जोड दिइने

Loading...

हेर्नुहोस भिडियो

काठामाडौं । नेपाल सरकारले कतारमा रहेका नेपाली कामदारको अधिकार र सुरक्षामा जोड दिँदै नयाँ सम्झौता गर्ने भएको छ ।
कतारमा रहेका नेपाली कामदारको तलब, बीमा सुरक्षा र मानव अधिकारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित नयाँ सम्झौता गर्न लागिएको परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए ।
कतारका आफ्ना समकक्षीको निमन्त्रणामा मंगलबार कतार प्रस्थान गरेका मन्त्री महतले सरकारी निकाय, कुटनीतकि नियोग र कामदारको भिसा प्रक्रियामा सहजता, कामदारको मानव अधिार र परिमार्जन सहितको नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ । “अहिले नेपाली काम र पढाइको सिलसिलामा विदेशीने क्रम बढ्दो छ,” मन्त्री महतले भने, “त्यसैले श्रम मन्त्रालसँगको सहकार्यमा सबै देशसँग समग्रतामा नेपालीको हक, सेवा र सुविधा बारे सम्झौता गर्दैछौं । कतारसँग पनि त्यहीअनुसार नयाँ सम्झौता गछौं ।”
कतारमा लगभग ४ लाख नेपाली कामदार छन् । ती कामदारले अन्तर्राष्ट्रिय मान्यताअनुसार सेवा र सुविधा पाउनुपर्छ भन्नेमा सरकारको जोड रहेको उनले बताए । विदेश मन्त्रीका साथै कतारका श्रममन्त्रीसँग भेटेर उक्त सम्झौता गरिने उनले बताए ।
गत डिसेम्बर १३ तारिकमा कतार सरकाले आप्रवासी कामदारको हक हितका लागि निकै सुधारको नीति लागू गरेको थियो । त्यसैगरी डिसेम्बर १९ मा नेपालको मानवअधिकार आयोग र कतारको राष्ट्रिय मानव अधिकार समितिबीच आप्रवासी कामदारको अधिकार संरक्षणसम्बन्धी समझदारीपत्रको कार्यान्वयन योजनामा हस्ताक्षर भएको थियो ।
कतारको नयाँ नीति र मानवअधिकार सम्बन्धी सम्झौताका आधारमा नयाँ सम्झौता गरिने मन्त्रीले जानकारी दिए ।
SOURCE http://baahrakhari.com/

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment