राष्ट्रपतिको छोरी लिन पूर्व राष्ट्रपतिका नाति जयन्ती सहित शीतल निवास पुगे (भिडियो सहित)

Loading...

हेर्नुहोस भिडियो

काठमाडौं, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारी र पूर्व राष्ट्रपति डा. रामबरण यादवका नाति अभिषेक यादवबीचको विवाह कार्यक्रम भइरहेको छ ।

निशाकुसुम र अभिषेकको विवाह कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा भइरहेको हो । राष्ट्रपति भण्डारी छोरी निशाकुमुमलाई लिन पूर्वराष्ट्रपति यादवका नाति अभिषेक सोमबार बिहान ९ बजेपछि शीलत निवास जन्ती सहित पुगेका हुन् ।

कानुनले निर्धारण गरेको संख्या ५१ जना जयन्ती लिएर यादव परिवारका अभिभावकका रुपमा पूर्वराष्ट्रपति यादव शीतल निवास पुगेका छन् ।
पेसाले चिकित्सक रहेका निशाकुसुम र अभिषेकले आफ्नो सात वर्षीय प्रेमसम्बन्धलाई विवाहमा परिणत गराएका हुन् ।

From Medianp
Share this video :

Post a Comment