यसरी पछारिन ४० हजार इन्डियनलाई’झलक दिखलाजा’मा तेरिया मगरले भिडियो सहित

Loading...

हेर्नुहोस भिडियो

पुस २४, २०७३- सन् २०१४ मा ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी छन् । डीआईडीमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी उनी अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् ।


१४ वर्षे तेरियाले यसमा भारतीय सिनियर डान्स स्टारबीच प्रतिस्पर्धा गर्दै छिन् । भारतीय टीभी कलर्सले डान्स स्टारबीच यो प्रतिस्पर्धा गराएको छ । विजेताहरूबीच प्रतिस्पर्धा गराउने यो प्रतियोगिता भारतीय टीभी सोमा सर्वाधिक पुरस्कार राशिको हो । प्रतिस्पर्धा जित्नेले ३० लाख भारतीय रुपैयँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछन् ।



१४ वर्षे तेरियाले डीआईडी विजेताको तर्फबाट ‘झलक दिखला जा’ सिजन ९ मा प्रवेश पाएकी हुन् । गत जुलाईमा प्रतियोगिता सुरु भएको थियो । त्यसमा १२ जोडी सिनियर महिला पुरुष डान्स सेलिब्रिटी छनोट भएका थिए । तेरियासहित ५ जना जुनियरलाई भने अक्टोबर ८ मा च्यालेन्जरका रूपमा प्रवेश गराइएको थियो । च्यालेन्जरका रूपमा प्रवेश पाएकामध्ये तेरिया मात्रै फाइनलमा पुगेकी छन् ।


फाइनलमा उनले ‘डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्र्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीसँग प्रतिस्पर्धा गर्नेछिन् । फाइनलमा रहेको तीनजनामध्ये अहिलेसम्म तेरिया अगाडि छिन् । नृत्य सोमा निर्णायकले उनको प्रशंसा गर्ने गरेका छन् । प्रतियोगिताको उपाधिका लागि जनवरी १४ तारिखदेखि २१ सम्म एसएमएस र अनलाइन भोटिङ हुँदै छ । तेरिया फाउन्डेसनले बुटवलमा पत्रकार सम्मेलन गर्दै जनाएको छ ।

Share this video :

Post a Comment