वैदेशिक रोजगारीका क्रममा कतार जानेहरुलाई ठूलो राहत

Loading...

हेर्नुहोस भिडियो


काठमाडौँ, मंसिर २८ । वैदेशिक रोजगारीका क्रममा कतार जानेहरुलाई ठूलो राहत मिल्ने भएको छ । कतार सरकारले त्यहाँ लागू हुँदै आएको ‘काफला’ प्रणाली अन्त्य गरेपछि वैदेशिक रोजगारीका क्रममा कतारमा रहेकाहरुलाई ठूलो राहत मिल्ने भएको हो ।

कतारमा विवादस्पद काफला प्रणाली हटाउने बारेमा लामो समयदेखि बहस हुँदै आएको थियो ।

कतारले मंगलबारबाट लागू हुने गरी ‘काफला’ प्रणाली अन्त्यको घोषणा गरेको छ । ’

काफला’ प्रणालीमा आप्रवासी कामदारहरुले खाइरहेको जागिर परिवर्तन गर्न वा देश छाड्न रोजगारदाताको अनुमति लिनु पर्ने बाध्यात्मक व्यवस्था थियो ।’कन्ट्रयाक्ट’मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा सुनिश्चित गर्ने दोहा स्थित सरकारी अधिकारीहरुले प्रतिवद्धता जनाएका छन् ।

‘काफला’ प्रणालीलाई अधिकारवादी संघ संस्थाहरुले दासताको रुपमा व्याख्या गर्दै आएका थिए । यो प्रणाली अन्त्य गर्दै मंगलबारदेखि लागू हुने नयाँ प्रणाली प्रति पनि अधिकारवादीहरुले असन्तुष्टि जनाएका छन् ।

कामदारले घर फर्किने अधिकार सुरक्षित गरिनु पर्ने उनीहरुको भनाइ छ । नयाँ कानूनले पनि कामदारले घर फर्किन चाहेमा रोजगारदाता कम्पनीको स्वीकृत लिनैपर्ने बाध्यात्मक ब्यवस्था रहेको दाबी गरिएको छ ।
https://onlinepatrika.com/92989/ From
Share this video :

Post a Comment