हेर्दाहेर्दै स्टार बनेकी नेपाली चेली तेरीया मगर चाहेरपनि नेपाल अाउन सक्दिनन : अाखिर किन , कस्ले राेक्छ उनलार्इ,कारण यस्तो=see more at:>>>>

Loading...

हेर्नुहोस भिडियो

इटहरी । रुपन्देही निवासी नेपाली चेली तेरीया मगर हालै भारतीय टेलीभिजन अन्तरगत चर्चित कार्यक्रम झलक दिख्ला जा सिजन ९ काे उपाधी जित्न सफल बनेकी छिन । यस अघि पनि उनले सन् २०१४ मा भएको भारतकै चर्चित साे ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी पाइसकेकी छिन । लामाे समय गरेकाे संघर्षकाे परिणाम स्वरूप तेरीयाले अाफ्नाे जिवनमा पाएकाे याे दाश्राे ठेलाे सफलता हाे ।तेरियाले उपाधि उचालेको शो भने शनिबार साँझ कलर्स टेलिभिजनले प्रशारण गर्नेछ ।

उनी भारतमा डिडिअाइ सिजन ३ काे च्याम्पियन बनिदा नेपाल र नेपालीहरू जसरी गाैरनवित बनेका थिए त्यसी नै अाज पनि भारतकै चर्चित डान्स कार्यक्रम झलक दिख्लाजा सिजन नाैकाे उपाधी जित्दा नेपालीहरूमा उत्तीकै हर्षाेउल्लास छाएकाे छ । नेपाली चेली तेरीया मगरले सफलता पाउनु सबै नेपालीहरूकाे अमुल्य सुझाव र भाेटीङ नै हाे । उनलार्इ लाखाै नेपालीहरूले अमुल्य भाेट दिएर डिडिअार्इ सिजन ३ र झलक दिख्लाजा सिजन ९ काे उपाधी जिताएका हुन । यसमा उनकाे पनि अमुल्य देन छ उनकाे कला , जाेस र परिश्रम साच्चै प्रसंसानीय छ ।

सामान्य परिवारमा जन्मिएकी उनी अहिले एकाएक स्टार बनेकी छिन । बाल्यकालदेखीनै नृत्यमा पाेख्त उनी डीआईडी सिजन ३ को विजेता बन्नुअघि वेलफेयर क्याराभान नामको संस्थाले आयोजना गरेको कार्यकममा एक लाख रुपैयाँ जितेकी थिइन् । त्यसपछिमात्रै उनी डीआईडीका लागि भारत गएकी थिइन । भातमा पनि ‘डान्स इन्डिया डान्स’ (डीआईडी) सिजन ३ को उपाधी जितेपछि उनी डिअाइडीकाे एक नीतिमा बाधिन पुगिन ।

तेरीया मगर चाहेर पनि नेपाल अाउन सक्दिनन

याे कुरा सत्य हाे तेरीया मगर यतिबेला स्टार बनिसकेकी छिन । उनकाे जिवन सामान्य बालबालीका जस्ताे छैन । उनले डिअाइडी सिजन ३ काे उपाधी जितेसंगै एक बन्धनमा बाधिएकी छिन । उनले एग्रिमेन्ट पेपरमा समेत हस्ताक्षर गरिसकेकी छिन । जुन हस्ताक्षरले उनलार्इ नेपाल मात्र नभइ कुनै देश भ्रमण गर्नु परेमा या बिदेशबाटै नेपालीहरूकाे निम्ताे अाएमा पनि कसैकाे अनुमती लिएर मात्रै जान पाउछिन ।

डिअाइडी लिटिल च्याम्प बनिसकेपछि भारतीय संस्था डिअाइडीले उनलार्इ तिन वर्षका लागि डीआईडीले अनुबन्धित गरेका कारण उनीहरूको अनुमतिबिना हिँड्न मिल्दैन । त्यसाे त तेरीयाले १४ बर्षकै उमेरमा पन्ध्रभन्दा धेरै मुलुक पुगिसकेकी छिन् । उनलाई कुनै पनि मुलुकमा हुने कार्यक्रममा जाँदा सम्पूर्ण खर्च डीआईडीले दिँदै आए पनि कार्यक्रममा पाएको रकम आधा डीआईडीले लिने गरेको छ ।उनको अनुबन्ध फुकुवा हुन अझै छ महिना बाँकी छ । त्याे अवधीभर उनी संस्थाकाे अनुमतीमा काम गर्नुपर्छ । उनी यतिबेलापनि अाफ्नाे आमा र दिदीको साथ मुम्बईमा बस्दै आएकी छन् । तेरियाका बुवा भने बैदेशिक राेजगारकाे शिलशिलामा कतारमा रहदै अाएका छन ।
From https://www.saajhakhabar.com/%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE%E0%A4%B9%E0%A5%87%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A4%BE%E0%A4%B0-%E0%A4%AC%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%80
Share this video :

Post a Comment