कतारमा कडा हावाहुरी र भारी वर्षाको सम्भावना मंगलबार सम्म

Loading...

हेर्नुहोस भिडियो


कतारको मौसम केही दिनका लागी खराब रहने भएको छ । यहाँको मौसम विभागले आउँदो मंगलबार सम्म कतारको मौसम खराब रहने जानकारी गराएको छ । हिजो देशको केही भुभागमा वर्षा भएको थियो ।
मंगलबार सम्म कडा हावाहुरी ,वर्षा का साथ मौसम खराब रहनेछ । साउदी अरेबियाको उत्तरी भागमा कम चापको गहिराई उच्च हुनुका कारण साथै सुडान कम चाप प्रक्रिया अरब पेनिनसुलामा बढ्नका कारण कतारको मौसममा असर पर्न गएको हो ।
देशको विभिन्न भागमा मौसम बदली भई वर्षाको सम्भावना पनि देखिएको हो ।त्यस्तै रातको समयमा जाडो बढ्नेछ । न्युनतम तापक्रम १४ देखि १६ डिग्री सम्म रहनेछ भने उच्च तापक्रम २४ देखि २६ डिग्री सम्म रहनेछ । हावाको गति भने ३४ देखि ४६ किलोमिटर प्रति घन्टा र हावाहुरी को बेला ६४ कि.मी प्रति घन्टा सम्म रहनेछ । आईतबार देखि मंगलबार सम्म भारी वर्षाको सम्भावना बढी रहेको छ ।

Source http://qnradio.com/5169

Subscribe us on Our Official Youtube Channel

Share this video :

Post a Comment